राष्ट्रिय समाचार

News-Image

जुन्को तावेइको सगरमाथा आरोहणको स्मरण

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि जापानी राजदूत माइदा तोरुले आधा शताब्दीअघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईका सम्मानमा शुक्रबार ताहाचलस्थित आफ्नो निवासमा स्मरणार्थ कार्यक्रमको आयोजना गर्नुभयो । सो अवसरमा पहिलो महिलाको रूपमा सगरमाथा आरो... थप हेर्नुहोस्

News-Image

किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा महालेखापरीक्षकक... थप हेर्नुहोस्

News-Image

अमेरिका र कुवेत पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ पोखरी... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारा, निजगढ नगरपालिका-९ लच्कास्थित सडकमा बा.प्र ०३-००४ प ६३५२ नम्बरको मोटरसाइकललाई बा.प्र ०१-००६ ख ७७०१ नम्बरको बसले बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहा... थप हेर्नुहोस्

News-Image

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा दुई महिला पक्राउ

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-५ कालोपुल बस्ने कैलाली गोदावरी नगरपालिका-१० दमौरा घर भएकी ३४ वर्षीया ममता तामाङ र काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने भक्त... थप हेर्नुहोस्

News-Image

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नरेन्द्रसिह कार्की

दार्चुलाको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रस... थप हेर्नुहोस्

News-Image

बस र विद्युतीय कार ठोक्किँदा एक जनाको मृत्यु

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितवनको खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारक... थप हेर्नुहोस्

News-Image

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • अञ्जली थापा

तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभि... थप हेर्नुहोस्

News-Image

पोखरामा तरबुजा खेती : एक याममा दुई करोडको बिक्री

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्... थप हेर्नुहोस्

News-Image

पेस्तोलसहित दुई युवा पक्राउ

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट बिहीबार पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगर... थप हेर्नुहोस्