राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ मंसिर २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक स्याङ्जा वालिङ नगर... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ मंसिर २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपा... थप हेर्नुहोस्

News-Image

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

  • २०८१ मंसिर २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेक... थप हेर्नुहोस्

News-Image

क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्यायन अगाडि बढाइएको छ । गत असोजमा गएको भीषण बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको ब... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ खसिबजारस्थित सडकमा बा.प्र.०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गीको गए राति मृ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । पर्वत, मोदी गाउँपालिका-३ स्थित घईते जंगलमा कुश्मा नगरपालिका-४ बस्ने ७६ वर्षीय पदम बहादुर विश्वकर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, बिदेह नगरपालिका-५ मुडिया बस्ने ४० व... थप हेर्नुहोस्

News-Image

काठमाडौँको टुँडिखेलमा सिलवाल मृत फेला

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल... थप हेर्नुहोस्

News-Image

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका-६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती कर... थप हेर्नुहोस्

News-Image

चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार

  • २०८१ मंसिर १९, बुधबार
  • प्रगति ढकाल

चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ । चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकायहरु लामो समयसम्म ... थप हेर्नुहोस्

News-Image

आज देशभरको मौसम सफा रहने

  • २०८१ मंसिर १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ... थप हेर्नुहोस्