मुख्य समाचार

News-Image

मधेस प्रदेशका नव नियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जनकपुरधाम स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश... थप हेर्नुहोस्

News-Image

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उहाँले अदालतको सेवा रोक्न नहुने धारणा राख्नुभयो । काठमाडौँ जिल्ला ... थप हेर्नुहोस्

News-Image

समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छ : प्रचण्ड

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ । उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफ... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटी बैठक : ५० जना केन्द्रीय सदस्यको सुझाव प्रस्तुत

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सम्पन्न भएको छ । ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको एमाले प्रचार तथ... थप हेर्नुहोस्

News-Image

पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री उद्धार कोषलाई सत्सङ्ग नेपालद्वारा १० लाख सहयोग

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्सङ्ग नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका सत्सङ्ग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर ... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको ... थप हेर्नुहोस्