राष्ट्रिय समाचार

News-Image

पत्रकार पुडासैनी मृत भेटिए

  • २०७६ श्रावण २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए ।... थप हेर्नुहोस्

News-Image

भुटानी शरणार्थीका कथाः सक्कली यतै, नक्कली उडे अमेरिका

  • २०७६ श्रावण २१, मंगलवार

राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए । तर उड्ने बेला यी अन्तरेका ठाउँमा अरु कोही अमेरिकाको मिसोरी पुगेको धेरै ढिलो थाहा भयो । ... थप हेर्नुहोस्

News-Image

शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्ने छुट कसैलाई छैन : नेकपा प्रवक्ता श्रेष्ठ

  • २०७६ श्रावण २०, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा अन्नपूर्ण माविको नवनिर्मित भवनको हस्तान्तरण ... थप हेर्नुहोस्

News-Image

विभेदका कारण आम जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन् : मन्त्री बाँस्कोटा

  • २०७६ श्रावण २०, सोमबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडियाले अग्रगमन, सुशासन र विकासलाई साथ दिनुपर्ने बताएका छन् । आर के मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित कलर्स एफएम १०२.४ मेगाहर्जको सोमबार उद्घाटन गर्दै उनले मिडियाले सामाजिक उत्थान र परिवर्तन... थप हेर्नुहोस्

News-Image

विप्लवका रामेछाप इन्चार्जसहित ४ कार्यकर्ता पक्राउ

  • २०७६ श्रावण २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो । ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्षमा लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

  • २०७६ श्रावण २०, सोमबार

सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले लिगलिगे दौडदेखि संयुक्त राष्ट्र सङ्घको शान्तिस्थापना कार्यसम्बन्धी गोष्ठीसम्म आयोजना गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५-७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा... थप हेर्नुहोस्

News-Image

कर्मचारीले १० महीनादेखि तलब पाएनन्

  • २०७६ श्रावण २०, सोमबार

कञ्चनपुरको भीमदत्तनगरस्थित विगठित महेन्द्रनगर नगरविकास समितिको कार्यालयमा कार्यरत सात कर्मचारीले विगत १० महीनायता तलब पाएका छैनन् । विघटित नगरपालिका समितिका छ स्थायी र एक करारका कर्मचारीले तलब नपाएकोे गुनासो गरेका हुन् ।“नगरविकास समिति विगठन भएको प... थप हेर्नुहोस्

News-Image

लेदोले राजमार्ग अवरुद्ध

  • २०७६ श्रावण २०, सोमबार

पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका वडा नं ८ चारकिलोस्थित राजमार्गमा आएको लेदोले सवारी साधन अवरुद्ध बनाएकोे छ । ग्रामीण सडक खन्दा व्यवस्थापनमा ध्यान नदिएका कारण कच्ची सडक खनेको स्थानको लेदो माटोले राजमार्ग अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्

News-Image

संसदमा राजेन्द्र महतोको हुँकारः कुन राजेन्द्र महतोको नागरिकता खारेज गरिएको हो ?

  • २०७६ श्रावण २०, सोमबार

साेमबार दिउँसो संसदलाई सम्बोधन गर्दै राजेन्द्र महताले आफ्नो नागरिकता खारेज गरिएको भन्ने बारे भ्रम नफैलाउन सरकारलाई कडा चुनौती दिएका छन् । उनले सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा ... थप हेर्नुहोस्

News-Image

घुस लिएको आरोपमा अधिकृत पक्राउ

  • २०७६ श्रावण २०, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान अयोग, हे... थप हेर्नुहोस्