राष्ट्रिय समाचार

News-Image

वायुसेवा कम्पनीले १० प्रतिशत छुट दिने

  • २०७६ भाद्र २९, आईतवार

नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

कांग्रेस डडेल्धुराले ओली र प्रचण्डको पुत्ला जलायो

  • २०७६ भाद्र २९, आईतवार

डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । आइतबार बिहान नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध सदरमुकाम बागबजारमा नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला जलाइएको हो । जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानम... थप हेर्नुहोस्

News-Image

लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित

  • २०७६ भाद्र २९, आईतवार

गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका थिए । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर... थप हेर्नुहोस्

News-Image

डेंगु रोग नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’

  • २०७६ भाद्र २९, आईतवार

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ । विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न थालेको अवस्थामा स्वास्थ्य तथा ज... थप हेर्नुहोस्

News-Image

बंगालको खाडीको वायुको प्रभावले मौसमी गतिविधि सक्रिय, देशभर पानी पर्ने

  • २०७६ भाद्र २९, आईतवार

बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भई आज पनि विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका केही स्... थप हेर्नुहोस्

News-Image

चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु

  • २०७६ भाद्र २९, आईतवार

दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो । घर नजिकै चट्याङ परेकाले इन्द्रजीत ... थप हेर्नुहोस्

News-Image

गुटले काङ्ग्रेस झन दह्रो बन्ने : नेका केन्द्रीय सदस्य अन्सारी

  • २०७६ भाद्र २९, आईतवार
  • नेत्रविक्रम बिमली

नेपाली काङ्ग्रेस जलथल हल्दिवारी–४ ले दोस्रो चरणको जनजागरण अभियान नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य असन अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । जनजागरण अभियानलाई सम्बोधन गर्दै अन्सारीले काङ्ग्रेसको गुट कहिले अन्त्य नहुने भन्दै गुटले काङ्ग्रेस ... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशमा नेकपा एकताले पायो पूर्णता

  • २०७६ भाद्र २८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ । प्रदेशका नौवटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश कमिटीले टुङ्गो लगाएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए । ... थप हेर्नुहोस्

News-Image

तीव्र रुपमा फैलिरहेको डेंगु परीक्षणका लागि टेकु अस्पतालमा सार्वजनिक बिदामा पनि ओपीडी खुला

  • २०७६ भाद्र २७, शुक्रबार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डेंगु परीक्षण गराउन आउनेको संख्यामा कमी नआएपछि सार्वजनिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गरेको छ । अस्पतालका कार्यकारी अधिकृत रुपनारायण खतिवडाले बिरामीको चाप नघटेपछि आज इन्द्रजात्राकोे बिदाको दिन... थप हेर्नुहोस्

News-Image

खाल्डोमा डुबेर तीन बालिकाको मृत्यु

  • २०७६ भाद्र २७, शुक्रबार

रौतहटमा तीन बालिकाको खाल्डोमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ इशनाथ नगरपालिका–१ मा रहेको धान खेत संगै को खाल्डोमा माछा मार्न गएका बन्जरहाका बृजनन्दन यादवकी १० वर्षीया छोरी किन्जल यादव, ६ वर्षीया छोरी गुन्जन यादव र हिरालाल साह की ७ वर्षीया छोरी ... थप हेर्नुहोस्