मलाई दुबै पदबाट हट्न भनिएको छ, मैले प्रचण्डलाई हट्न भन्यो भने के हुन्छ?: ओली
प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हट्न भनिएको बताएका छन्। आफूलाई दुबै पदबाट हट्न पार्टीभित्रबाटै माग आएकोबारे खुलाउँदै ओलीले त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि हट्न भन्यो भने के हुन्छ ...