मुख्य समाचार

News-Image

नेकपा फुट्ने सङ्केत पाएका ओलीले कांग्रेससँग बढाए निकटता

  • २०७६ फाल्गुन १८, आईतवार

पछिल्लो समय आफ्नै पार्टीभित्रबाट घेराबन्दीमा परेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको निकटता बढाएका छन् । विहीबार कांग्रेस नेता शेखर कोईरालालाई भेटेपछि पनि उनले पटक पटक फोनमै कांग्रेस शीर्ष नेताहरुसँग वार्ता गरिरहेका छन् ।... थप हेर्नुहोस्

News-Image

सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए: शिक्षा मन्त्री पोखरेल

  • २०७६ फाल्गुन १८, आईतवार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताएका छन्। उनले भने, '३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् । ... थप हेर्नुहोस्

News-Image

गौतम कि खतिवडा ? टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

  • २०७६ फाल्गुन १८, आईतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्ने भएको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने/नपठाउनेबारे तीव्र मतभेद जारी रहेका बेला नेकपाको सचिवालय बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजेका लागि बैठक बोल... थप हेर्नुहोस्

News-Image

कांग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख, कुन विभागमा को ?

  • २०७६ फाल्गुन १८, आईतवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेको छ । सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई संगठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मा... थप हेर्नुहोस्

News-Image

पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेपछि कांग्रेसमा विवाद

  • २०७६ फाल्गुन १८, आईतवार

कांग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रुपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेका हुन् । विधानविपरीत विभाग गठन गरेर महाधिवेशन प... थप हेर्नुहोस्

News-Image

आफू विरुद्दको घेरा कसरी तोड्ने भन्नेमा निकट नेताहरुसँग ओलीको भेटघाट

  • २०७६ फाल्गुन १८, आईतवार

प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान सरकारी निवास बालुवाटारमा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पार्टीभित्र विकसित घटनाक्रमका विषयमा छलफल गरेका छन् । त्यसको केही बेरपछि बोलाइए, परराष्टमन्त्री प्रदीप ज्ञवाली पनि । पार्टीभित्र बहुमत नेताहरुको... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण अमेरिकामा पनि मानवीय क्षति, वासिङ्टनमा आपतकाल घोषणा

  • २०७६ फाल्गुन १८, आईतवार

अमेरिकाले कोरोना भाइरस संक्रमणका कारण आफ्नो भूमीमा पहिलोपटक मानिसको मृत्यु भएको पुष्टि गरेको छ । वासिङ्गटन राज्यमा स्वास्थ्य समस्या खेपिरहेका ५० बर्षीय एक पुरुषको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । चीनको उहानबाट फैलिएको कोरोनाले म... थप हेर्नुहोस्

News-Image

पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन: नेता खनाल

  • २०७६ फाल्गुन १७, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । विदुरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल... थप हेर्नुहोस्

News-Image

गौतमलाई प्रधानमन्त्री बनाउन अहिल्यै संविधान संशोधन हुन सक्दैनः प्रचण्ड

  • २०७६ फाल्गुन १७, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन नआएको बताएका छन् । सिन्धुपाल्चोकको सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष दाहालले शनिबार प्रेस संगठन नेपाल सिन्धुपाल्चो... थप हेर्नुहोस्

News-Image

डब्लूएचओले राख्यो नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम सूचिमा

  • २०७६ फाल्गुन १७, शनिबार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा विहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसिया... थप हेर्नुहोस्